Wednesday, April 17, 2019


ऋग्वेदमा विज्ञानका कुरा -मोहन बन्जाडे पहिलो मण्डल सूर्यको प्रकाश परेको पानी पवित्र (शुद्ध) हुन्छ । शरीरमा पानीले औषधीतत्व स्थिर गराउँछ । शरीरमा शुद्ध पानी भएमा नै शरीर निरोगी हुन्छ । पानीमा अमृत समान गुण हुन्छ । पानीमा औषधिको गुण पनि हुन्छ । पानी स्नानका लागि प्रयोग गर्नुपर्छ । पानीले खराबीबाट मुक्ति दिलाउँछ । पानी अनिवार्य आवश्यकता हो । पानीको आयुसँग प्रत्यक्ष सम्बन्ध छ । (१÷२३÷१६–१३ पृ.२१) बगि रहेको पानी पिउन योग्य हुन्छ । (१÷३७÷१० पृ.३८) ऋग्वेदमा तीनवटा पाङ्ग्रा भएका रथको चर्चा छ । ती रथ सामग्री ओसार पसार गर्ने काममा प्रयोग गरिन्थ्यो । साथै युद्धका अवसरमा पनि रथ प्रयोग गरिन्थे । रथका धुरामा किलाहरु ह्ुन्थे । (१।३४।२,९,१२पृ–पृ ३३,३४,३५ र १।३५।६। पृ ३५) आश्विनी कुमारका रथ पंक्षी जस्तै आकाशमा उड्दथे । (१।४६।३ पृ. ४६) सूर्यको किरण प्राणदायी हुन्छ । यो कल्याणकारी, उत्तम सुखदायक र दिव्य गणले सम्पन्न हुन्छ । (१।३५।१० पृ. ३६) उत्पादनमा सूर्यको महत्वपूर्ण भूमिका हुन्छ । सूर्यको किरण वा ताप नभएमा अन्नको उत्पादन हुन सक्दैन । सूर्यको किरणले अन्नमा पोषक तत्व प्रदान गर्दछ । (१।३६।१२,१३ प्र.३७) सूर्यका किरणले हावामा दिव्यरस वा शक्ति प्रदान गर्दछ । हावामा प्रशस्त बल हुन्छ । (१।३७।८,९ पृ ३८) मानव जीवनका लागि हावा अनिवार्य छ । १।३७।१५ प्र ३९ मरुभूमिमा पनि वर्षा गराउन हावाको भूमिका हुन्छ । १।३७।७ ३९ हावा गतिशील प्रकृतिको हुन्छ । (१।३९।३ पृ. ४०) नदी किनारामा ऐश्वर्य हुन्छ । १।४६।९ पृ. ४७ ऋग्वेद (अनु. तिलक प्रसाद लुइटेल) विद्यार्थी पुस्तक भण्डार काठमाण्डौं २०६३ समुद्रमा विभिन्न रत्नहरु हुन्छन् । १।४८। ३। पृ. ४९ विहानको सूर्यको किरणले मानिस तथा पशुपंक्षीलाई शक्ति प्रदान गर्दछ र सक्रिय बनाउछ । विहानको सूर्यको किरणले मानिसलाई दुःख दिने विकार नष्ट गर्छन् । सूर्यको किरण जीवन आधार हो र शान्ति प्रदान गर्दछ । सूर्यको किरणले विभिन्न अन्न र साधन बृद्धी गराउँछ । १।४८।५,६ पृ.४९ विहानको सूर्यको किरणले अन्नमा पुष्टीदायक तत्व प्रदान गर्दछ । १।४८।१३ पृ. ५० सूर्यको किरणमा सात रङ्ग हुन्छन् । सूर्यको किरणले हृदयरोग र शरीरको शान्ति नष्ट गर्ने अन्य रोगहरु न्ष्ट गर्छन् । सूर्यका किरणमा अन्य कैयौं रोग नियन्त्रण गर्ने क्षमता हुन्छ । (१।५०।८, ११, १२, पृ.५१) अग्नि÷ताप पानीको प्रवाहको कारणबाट आगो उत्पन्न हुन्छ । १।६५। ३,४, बोट विरुवा र फलफूलको उत्पादनमा सूर्यको भूमिका हुन्छ । काठ रगडेर आगो उत्पन्न हुन्छ । मानव शरीरमा रहेको तापबाट सन्तान उत्पादन हुन्छ । किनकि विर्यको सम्बन्ध तापसँग हुन्छ । १।६८।३, ४, ७, ८ पृ. ७२ अन्नादिको केन्द्रमा रहने तापबाट अन्न उत्पादन हुन्छ र बुढ्यौलीको नास गर्नमा ताप शक्तिको भूमिका हुन्छ । (१।७१। १० पृ. ७३) प्राणीको प्राण तापको सम्बन्ध छ । –पृ. ७४) अग्नि सृष्टि देखि नै अनवरत छ । अर्थात सृष्टि कालमा पृथ्वी धेरै तातो थियो । (१। ७८। १ पृ.७७ बादल अपसमा ठोकिए पछि विद्युत र ताप उत्पन्न हुन्छ । (१। ७९।२ पृ. ७८) सूर्यको किरणरुपी शक्ति अन्तरिक्षमा व्याप्त छ । (१।८४। १ पृ. ८३) चन्द्रमण्डल गतिमान छ । (१।८४।१५ पृ.८४) हावामा विभिन्न प्रकारको बल हुन्छ । (१।८७।४। पृ. ८७) तापका कारण पानीका मूलहरु फुट्दछन् । तापका कारण नै पृथ्वीमा वर्षा हुन्छ । तापका कारण पानी पैदा हुन्छ र ताप पानीबाट अन्न उत्पादन हुन्छ । बनस्पति र औषधिमा शक्ति सञ्चार गर्नेकाम तापबाट हुन्छ । (१।९५। १० पृ. ९७) तेजश्वी सूर्यको प्रकाशका कारण आकासमा पानी र विद्युत पैदा हुन्छ । ताप बलबाट उत्पन्न हुन्छ । प्राणी उत्पन्न हुनमा तापको भूमिका छ । (१।९६श्र२,३ पृ. ९८) तपामा पोषण शक्ति र औषधीयका गुण हुन्छ । (१।९८।१,२, पृ. ९९) मनले इन्द्रियहरुलाई नियन्त्रण गर्न सक्छ । चन्द्रमा आफ्नो मार्गमा हिँड्छ । (१।१०५।१०, १८, पृ. १०८) ऋमुहरु मानिसकै रुपमा भएपनि अन्तरिक्षमा विचरण गर्न सक्छने । ऋमुहरु सदेव युवह जस्ता देखिन्छन् । ऋमुहरुले हाडछाला मात्र बाँधी रहेका गाईलाई राम्रो र बलियो तथा माता पितालाई आफ्ना सत्प्रयासबाट युवा बनाए । (१।११०।६,८, पृ.११३) संरक्षण तथा चिकित्सा विधि प्रयोग गरी नब्याउने गाईलाई ब्याउने, बलियो र दुधालु बनाउन सकिन्छ । मानिसलाई पानीमा डुबेकोमा निकाल्ने साधन प्रयोग गरी बचाउन सकिन्छ । (१।११२।३,६, पृ. ११४) आरोग्य प्रदायक साधनको प्रयोग गरी अपाङ्गलाई साङ्ग बनाउन सकिन्छ । त्यस्तो साधनका सहायताले आँखा नदेख्नेलाई दृष्टि प्रदान गर्न र लङ्गडालाई हिँड्न सक्ने गर्न तथा घाइतेहरुको उपचार गरी आरोग्यता प्रदान गर्न सकिन्छ । (१।११२।८, पृ.११५) बिहानको सूर्यको किरणले मनग्गे प्राणरुपी जीवनशक्ति सञ्चारित गराउँछ । (१।११३।८,१६ पृ. ११८,११९) मानिसको शरीरमा रहेको बिष बाहिर निकाल्न सम्भव छ । (१।११४।५, पृ.१२०) पृथ्वीमा एकातर्फ सूर्यका किरणका कारण उज्यालो हुन्छ भने अर्को तर्फ अध्यारो हुन्छ । बादलमा रहेको पानी वर्षनमा हावाको भूमिका हुन्छ । आकाशमा तिव्र गतिमा यानहरु एड्छन् । (१।११५।५ र १।११६।१,२, पृ. १२१) अन्तरिक्ष यान र जकयानको प्रयोग गरी महासागरमा डुबेका मानिसको उद्धार सम्भव छ । यस पाङ्ग्रा र ६ अश्वशक्तिले चल्ने यन्त्र भएको पंक्षी झै आकाशमा उड्ने अति बेगवान यानबाट उद्धार गरियो । दुई सय पतवारले चल्ने नौका प्रयोग गरी उद्धार गरियो । एक ठाउँको पानीलाई टाढा टाढासम्म (अर्को ठाउँमा) लगी खानेपानी र सिँचाइको निम्ति प्रयोग गर्न सकिन्छ । पानीको स्रोतको तल्लो भागलाई उचालेर अग्लो पारी पानीलाई टाढा टाढा पु¥याउन सकिन्छ । (१।११६।३–७,९) बृद्ध शरीरको काया हटाएर जीर्ण शरीरलाई तरुण बनाउन सकिन्छ । बुढ्यौलीका कारण बल नभएका व्यक्तिलाई आयु प्रदान गर्न सम्भव छ । (१।११६।८, पृ.१२२) युद्धमा गोडा काटिएकोमा अर्को युद्ध सुरु हुँदा आक्रमण गर्न सक्ने गरी फलामको गोडा राखी उपचार गर्न सम्भव छ । दृष्टिविहिन व्यक्तिलाई आँखाको शक्ति प्रदान गरी हेर्न सक्ने बनाउन सकिन्छ । (१।११६।१५, पृ.१२३) इनारको पानीको तहलाई गहिरो भागबाट उचाली जमिनको सतहमा रहेको मानिसले पिउन सक्ने पहुँचमा ल्याउन सम्भव छ । (१।११६।२२, पृ.१२४) अत्यन्त कमजो र शरीरलाई उपचारका माध्यमबाट तन्दरुस्त बनाउन सकिन्छ । वयस्क अविवाहित महिलालाई निरोगी नवयुवती बनाउने क्षमता औषधि बिज्ञानमा हुन्छ । नेत्रहिनलाई दृष्टि र कान नसुन्ने व्यक्तिलाई उपचारबाट सुन्ने क्षमता प्रदान गर्न सम्भव छ । (१।११७।४,७, पृ.१२५) ग्र्भधारण गर्न असमर्थ, दुर्बल र दूध रहित गाईलाई दूध दिन योग्य बनाउन सकिन्छ । मानव शरीरका अंश छुट्टिएकोमा ती अलग भएका अङ्गहरु जोड्ने विद्या हुन्छ । मानिसको शरीरमा अरु पशुको अङ्ग पनि लगाउन सकिन्छ । सन्तान नहुने महिलालाई सन्तान जन्माउन सक्ने गरी उपचार हुन सक्छ । (१।११७।२०,२२,२४, पृ.१२७) अति बलियो, बस्न सजिलो, द्रुत गतिमा कुद्ने र पंक्षी झैं आकाशमा उड्ने रथ तैयार गरिएको छ । तीन पाङ्ग्रे, तीन ठाउँमा बाँधेको, तीन कुने आकृतिको उत्तम गतिको रथ चढेर आउन आव्हान गरिएको छ । रथको गति नियन्त्रण गर्न र थोत्रो भएमा मर्मत गर्न सकिन्छ । (१।११९।७, पृ.१२९) प्रकाशित सूर्यका किरणका माध्यमबाट मेघले जलवर्षा गराउँछ । ढुङ्गा र फलामबाट शस्त्र बनाउन सकिन्छ । आकाशमा लागेको बादललाई हटाई घाम लागेको स्थिति सृजना गर्न सकिन्छ । सूर्यको किरण हितकारी हुन्छ । सूर्यका किरणमा रस शोषण गर्ने क्षमता हुन्छ । (१।१२१।७,९,१३, पृ.१३२) बिना कारण द्वेष गर्ने, यज्ञीय भावना नभएका र कुमार्गमा हिड्ने मानिसहरु अनेकौं किसिमका मानसिक एवं हृदय रोगले पीडित हुन्छन् । (१।११२२।९, पृ.१३४) प्रभातकालीन सूर्यको किरणले मानिसलाई पोषकतत्व प्रदान गर्दछन् । ज्ञानी मानिस यस तथ्यसँग परिचित हुन्छन् । त्यसै उनीहरु सूर्योदय भन्दा पहिले नै उठेर रश्मि मिसिएका प्राण तत्वरुपी रत्नलाभ प्राप्त गर्दछन् । त्यसबाट मानिसले दीर्घायु प्राप्त गरेर सन्तान लाभ गर्दै स्वस्थ जीवन प्राप्त गर्दछन् । (१।१२५।१, पृ.१३७, १३८) अजन्मा हावाबाट नदीको पानी आकाश माथि जान्छ । त्यसपछि बर्सिएर फेरि नदी मै आउँछ । त्यसैले पानी बर्षाउने मूल कारण बायु (हावा, बनाए) नै हो । पानी पार्न र एक ठाउँबाट पानी अर्को ठाउँमा पु¥याउन हावा चाहिन्छ । कमजोर मानिसलाई प्राणवायुको लागि प्रार्थना गर्नुपर्दछ । (१।१३४।५, पृ.१४८) अग्नि वा ताप उर्जाले विभिन्न औषधिलाई सामथ्र्य प्रदान गर्दछ । (१।१४०।७, पृ.१५३) मानिसहरुलाई आफ्नो शारीरिक सुदृढताका लागि तेज आवश्यक हुन्छ । त्यो तेज (तापबाट प्राप्त हुने) बलबाट उत्पन्न हुन्छ । तेजले नै अन्न पकाउने काम गर्दछ । बादलमा विद्युत रुपी तेज हुन्छ, यसले समग्र लोकको हि तगर्दछ । तेस्रो तेजले नै प्रकृतिमा रहेका विभिन्न रसहरु दोहन गर्दछ । (१।१४१।१,२, पृ.१५४) अग्नि उत्पन्न गर्नका लागि समान सामथ्र्य भएका दुई अग्निमन्थ आवश्यक पर्छ । त्यस्ता अग्निमन्थलाई आपसमा घोटेपछि आगो उत्पन्न हुन्छ । त्यस्तो आगो प्रकाशको स्रोत हो । (१।१४४।३, पृ.१५८) अग्नि (ताप÷ऊर्जा)ले साना ठूला सबै प्राणीलाई जीवन शक्ति प्रदान गर्दछ । आगोमा विभिन्न गुण (सम्पदा) हुन्छ र सबैलाई प्रकाश दिने क्षमता यसमा रहेको पाइन्छ । अग्नि –तेज, ऊर्जा, ताप) नै बीजको रुपमा रोपिने पदार्थको उत्पत्तिको मूल कारण हो । (१।१४६।५, पृ.१६०) सम्पूर्ण विश्वका उत्पादक सूर्य हुन् । (पृ.१६८) सूर्यले नै आकाशबाट जल वर्षाएर सबै प्राणीलाई परिपुष्ट बनाउँछन् । (१।१६०।३,४, पृ. १६९) सूर्यका अयन, महिना, ऋतु पक्ष र दिनरात गरी पाँच चरण छन् । सूर्यका बाह्र महिनाका बाह्र आकृति हुन्छन् । सूयले नै पृथ्वीमा वर्षा गराउँछन् । (१।१६४।१२, पृ.१७५,१७६) सूर्य आफ्नो स्थान अर्थात् द्युलोकमा रहेको छ । सूर्य नै संसारको केन्द्र हो । पृथ्वी सूर्यबाट उत्पन्न भएको हो । (१।१६४।३३, पृ.१७८) सूर्यका रश्मिले जलधारा बग्दछन् । जलका वर्षाले सम्पूर्ण दिशाा प्रसन्न हुन्छन् । वर्षाले सम्पूर्ण विश्वलाई जीवन प्रदान गर्दछ । सूर्यका गतिमान किरणले आफूसित जल लिएर सूर्यमण्डलका नजिक पुगी अन्तरिक्षका मेघबाट पानी वर्षाएर पृथ्वीको सेंचन गर्दछ । (१।१६४।४२।४७, पृ.१७९) जल तातेर माथि उठ्दछ । त्यही माथि उठेको (गएको) पानी वर्षाका रुपमा तल आउँछ । वर्षा गराउने त्यो श्रेय सूर्यलाई जान्छ । (१।१६४।५१, पृ.१८०) वर्षा गराउने बादललाई हावाले बिभाजित गर्दछ । हाबाट मेघ गर्जन्छ । हावा अविनाशी छ । हावाका कारण वर्षाको पानी कृषि भूमि सम्म पुग्दछ । उब्जाउ भूमिलाई जलले भिजेपछि उत्पादन हुन्छ । हावा गतिशील हुन्छ । हावाका कारण सयौं उपभोग्य साधन प्राप्त हुन्छन् । हावामा यथेस्ट बल हुन्छ । (१।१६६।१–१०, पृ.१८१,१८२) गतिमान र तेजस्वी हावाले वर्षा गराउँछ । हावा द्युलोक र पृथ्वीमा छ । (१।१६७।४, पृ.१८३) हावा अनाज बृद्धीको लागि प्रेरणा हुन्छ । हावा नियमित रुपमा गतिशील हुन्छ । यो स्वतः स्फूर्त हुँदा कसैले चलाई रहनपर्दैन । हावा असीम अन्तरिक्षबाट आउँछ । यसको आदि र अन्त्य छैन । (१।१६८।५, पृ.१८५) दूध र पाकेको अन्न आदि पौष्टिक पदार्थ खाएर मानिसको शारीरिक स्वास्थ्य बलियो हुन्छ । तिनमा पौष्टिक तत्व, आरोग्यप्रद क्षमता र इन्द्रियको शक्ति बढाउने क्षमता हुन्छ । अन्नमा पानी र औषधितत्व हुन्छ । त्यस्तो पोषक तत्वको उपभोगले शरीर स्वस्थ र बलियो हुन्छ । (१।१८७।९,१०, पृ.२०२) कुनै बिषालु र विष रहित तथा कुनै पानीमा रहने कम बिषालु प्राणी हुन्छन् । यी बिषालु प्राणी कुनै देखिने र कुनै देख्न नसकिने हुन्छन् । यस्ता दुबैथरी प्राणीले शरीरमा दुःख दिन्छन् । तिनीहरुको बिष मानव शरीरमा पुगे शरीरमा फैलिन्छ । औषधिले अदृष्य जीवको बिष समाप्त गर्दछ । कुटिएको, पिँधिएको औषधिले बिषलु प्राणीको बिष नस्ट गर्छ । बिषालु जीवहरु खासगरी घाँस, झारपात आदि बनस्पति तथा खास गरी नदी र पोखरीको किनाराका बनस्पतिमा हुन्छन् । यी जीव टाँसिने खालका हुन्छन् । मानिस र पशुमा यी बिषालु जीवले आक्रमण गर्छन् । बिषालु किटाणु राती देखा पर्दछन् । यिनी जीव आफू अदृष्य भएपनि अरुलाई देख्दछन् । सूर्यको किरणले कैयौं बिष नष्ट गर्छ वा कम गर्दछ । मधुला बिद्याले विषलाई अमृत बनाउने ज्ञान दिन्छ । (१।१९१।१–१०, पृ.२०५) मानिसलाई प्रभावित गर्ने कतिपय बिषले केही चराहरुलाई प्रभावित गर्दैन । कैयौं बिषालु फलले चरालाई प्रभावित गर्दैन । बिष निवारण गर्ने उनान्सय किसिमका औषधि सबैको जानकारीमा छन् । ती औषधिबाट सबै खाले बिष निवारण हुन्छन् । मयुर, पानी र पहाडी न्याउरीले पनि बिष प्रभावहिन बनाउँछ । (१।१९१।११–१६) दोस्रो मण्डल आगोको उत्पादन पानी, ढुङ्गा, वन र औषधिबाट हुन्छ । (२।१।१। पृ.२०७) विभिन्न किसिमका औषधिमा ताप वा उर्जा गोप्य रुपमा रहको हुन्छ । (२।१०।३। पृ.२१५) पानीलाई रोक्नका लागि बाँध बाँध्नुपर्छ । (२।११।२। पृ.२१६ फलफूलमा औषधीय गुण हुन्छ । (२।१३।७। पृ.२२०) चार जुवा, तीन कोरा, सात लगाम र दश पाङ्ग्रा भएको रथ मनको इन्छानुसार चल्छ । (२।१८।१। पृ. २२५) तेस्रो मण्डल प्रवाहमान धारा भएका जलमा अग्नि÷तेज छ, यसलाई देवताहरुले खोजेर निकाले । त्यो तेज प्रवाहशील महान नदीमा अझ बढी मात्रामा हुन्छ । त्यो तेजलाई देवताहरुले अझ बढाए । स्वच्छ तेज÷ऊर्जा÷तापले अन्तरिक्ष व्याप्त छ, मानिसहरुलाई त्यो तेजले विशेष शुद्ध पार्दछ । साथै सो तेजले मनिसहरुलाई अन्न र ऐश्वर्ययुक्त सम्पदा प्रदान गर्दछ । तेज कहिलै पनि नासिँदैन । तेज वा सूर्यका किरणहरुबाट मधुर वर्षा हुन्छ । पृथ्वी र अन्तरिक्ष यस्तो ऊर्जाका स्रोत हुन् । (३।१।३,४,५,६ र ७ पृ.२५३) अन्तरिक्षका जलधाराले विद्युत उत्पन्न गर्छन् । (३।१।९ पृ.२५४) सबै प्राण्ीमा ऊर्जा÷तेज रहेको हुन्छ । (३।१।२० पृ.२५५) सूर्यको प्रकाश र तेज÷ऊर्जाले मानिस जिवित रहन आवश्यक पर्ने पदार्थ उत्पन्न गर्छन् । (३।२।१२ पृ.२५७) सूर्यका किरण तेज गतिमा हिँड्छन् तिनमा विभिन्न किसिमको शक्ति र प्राणीलाई भरण पोषण गर्ने क्षमता हुन्छ । (३।३।५, पृ.२५७) बनस्पतिहरु तेजश्वी र दिब्य गुणले सम्पन्न छन् । (३।८।६ पृ.२६४) सूर्यको प्रकाश बनस्पतिको बिकासमा निम्ति अनिवार्य छ । (३।९।२, पृ.२६४) अन्तरिक्षमा रहने विद्युत गतिशील हुन्छ । (३।२६।२ पृ.२७५) पृथ्वीको केन्द्रीय स्थलको उत्तरवेदीका वीचमा आगो÷ताप स्थापित छ । (३।२९।४। पृ.२७८) स्रोतको गर्भमा रहेको आगो÷ताप तनुनपात हो । अत्यन्त बलशाली रुपमा प्रकट भएको अग्निलाई नराशंस भनिन्छ । अन्तरिक्षमा तेज फैलाएपछिको अग्निलाई मातारिश्वा भनिन्छ । मातारिश्वाले तिव्र वेगमा गति लिएपछि वायुको उत्पत्ति हुन्छ । (३।२९।११। पृ.२७९) हावा र पृथ्वी एक आपसमा सम्बद्ध छन् । ती दुबै आ–आफ्नो सीमामा सिमित छन् । हावा र पृथ्वी सम्बद्ध र विस्तृत भैकन पनि नियन्त्रित छन् । हावा र पृथ्वीका बीचमा अन्तरिक्ष स्थापित छ । (३।३८।३। पृ.२९३) सूर्यको प्रकाश अविनाशी छ । (३।३८।८। पृ.२९३) बीचबाट सूर्यको हरियो किरण छिर्ने ध्रलोक र रश्मी धारण गरेको हुनाले हरियोपन फैलिएको हो । अर्थात् सूर्यको किरणमा हरियो रङ्ग छ । सूर्यको किरणले नै पृथ्वीका वनस्पतिलाई हरियो बनाउन मदत पु¥याएको छ । (३।४४।३ पृ.२९८) एक आपसमा सम्बन्धित भएपनि हावा र पृथ्वी कहिल्यै खिइँदैनन् । असय, अनन्त अन्तरिक्षमा यी दुवै अनवरत रहन्छन् । हावा र पृथ्वीका कारण विभिन्न प्राणी र बस्तुले भिन्ना भिन्नै स्थान पाएका छन् । स्थावर जंगम समस्त प्राणीले केवल पृथ्वीमा आश्रय पाउँछन् । पंक्षी बिचरण गर्ने ठाउँ हावा र पृथ्वीको बिचमा छ । (३।५४।७ र ८ पृ. ३०७) बनस्पतिहरुले स्थुल प्रजनन क्रिया गर्दैनन् तर अग्निकै कारणले गर्भधारण गरेर फलफूल उत्पन्न गर्छन् । (३।५५।५ पृ.३०९) चतुर्थ मण्डल द्युलोक र समुद्रमा बिशाल रथहरु गमन गर्न सक्छन् । (४।४३।५। पृ.३६८) सूर्यबाट विभिन्न किसिमका किरणहरु आउँछन् । ती मध्ये प्राणीले वरण गर्न सक्ने र श्रेष्ठ तेजको कामना गर्नुपर्छ। त्यस्तो तेजले नै मानिसलाई खुसी प्रदान गर्दछ । (४।५३।१ पृ. ३७४) हलोमा जुवा बाँधेर हल चलाई खेत जोतेर कृषि उत्पादन बढाउन सकिन्छ । त्यसका लागि पानीद्वारा सिँचाई पनि गर्नु पर्छ । कृषिबाट राम्रो फल, असल खाद्यान्न प्राप्त गर्न सकिन्छ । खेतीगर्न हलोमा समाउने अनौ हुनुपर्छ । हलोको तल्लो भागमा फलामको फाली (सियो) लगाउनुपर्छ । अनौ र फाली सहितको हलो जुवामा बाँधी गोरु नारेर किसानले औषधीय गुण सम्पन्न अन्न फल उत्पादन गर्न सक्छन् । यस्तो कृषि कार्यमा पानी, सूर्यको ताप र हावाको महत्व हुन्छ । (४।५७।१–८ पृ.३७८) नदीको पानी तेज गतिमा ओरालो तिर बाग्दछ । (४।५८७) अग्निको तेज समुद्रका बीचमा बड्वाग्निका रुपमा, आकाशमा सूर्यका रुपमा, हृदयका बीचमा बैश्वानरका रुपमा, अन्नमा प्राणका रुपमा, जलमा विद्युतका रुपमा र युद्धमा सौर्याग्निका रुपमा बिद्यमान छ । सारा संसार अग्निमा (ताप, तेज, शक्ति, ऊर्जा) आधारित छ । (४।५८।११। पृ.३७९) पाचौं पण्डल सुन आगोले पोले र शुद्ध गर्न सकिन्छ र अत्यधिक पोले अझ शुद्ध हुन्छ । (५।३०।१५। पृ.४०३) बादलले पानी बोकेर हिँड्छ । बादल बीच बल पैदा भए पछि पानी खस्छ । पानीका कारण बादलमा बल हुन्छ । पानी खसेपछि बादलको बल कम हुन्छ । (५।३२।४ पृ.४०५) आकाशबाट वर्षेको पानीलाई उब्जाऊ भूमिमा पु¥याई उब्जनी बढाउन सकिन्छ । (५।३३।४ पृ.४०७) हावा अन्तरिक्ष र पृथ्वीमा घुमिरहन्छ । (५।४१।१२, पृ.४१४) औषधीहरुबाट रोग निवारण गर्न सकिन्छ । (५।४२।११ पृ.४१६) शिशु कोमल हुने हुँदा उनीहरुलाई कोमल बस्त्र ओढाउनु पर्छ । (५।४३।१४ पृ.४१८) प्रकाश सिधा रेखामा हिँड्छ । (५।४४।५) पृथ्वी जलको आवरणमा लुकेको छ । (५।४४।६) तेजश्वी सूर्यले पृथ्वीलाई चारैतिरबाट रक्षा गरेको छ । सूर्यबाट ग्रहहरु उत्पन्न भएका हुन् । (५।४४।७ पृ.४१९) पृथ्वी सूर्यबाट उत्पन्न भएको हो । सूर्य नै पृथ्वी र अरुलोकको नियामक हो । (५।४७।५ पृ.४२३) हावाले स्वतः बल धारण गर्दछ । जमिन उर्वर बनाउने कार्यमा हावाको भूमिका रहन्छ । हावाको बलले अन्तरिक्षलाई पूर्ण बनाउछ । हावाले बल उत्पादन गर्दछ । हावाले जल वर्षा जस्तो हितकारी काम गराउँछ । हावाले अन्तरिक्षबाट समुद्रको पानीलाई प्रेरित गर्दछ । (५।५५।३,४,५ पृ.४३१) हावा एक समान रुपमा मिलेर बलपूर्वक आकाशमा उडेपछि ठूला पर्वतका टाकुरासम्म पुग्छन् । ती हावाको बलले बादललाई टुक्राएर वर्षा गराउँछ । (५।५९।७ पृ.४३५) छैठौं मण्डल पृथ्वीको गर्भमा अग्नि छन् । अग्नि (ताप÷सूर्य)कै कारण अन्तरिक्ष सुरक्षित छ । (६।१६।३५ पृ.४७३) पानी सबभन्दा ठूलो आरोग्य कारक हो । पानीले शरीरबाट विभिन्न बिकारहरु नष्ट गर्दछ । (६।५०।७ पृ.५०८) सातौं बण्डल ब्नस्पतिमा रहने औषधीय गुणले बालबालिकालाई तन्दुरुस्त बनाउँछ । (७।४६।३ पृ.५७२) पानीको मूख्य स्रोत समुद्र हो । समुद्रबाट अन्तरिक्ष हुँदै पानी वर्षाका रुपमा पृथ्वीमा आउँछ । आकाशबाट वर्षने पानी दिव्य हुन्छ । त्यो पानी नदीमा जान्छ । नदीबाट प्रवाहित हुँदै समुद्रमा जान्छ । (७।४९।१।२ पृ.५७४) सर्पको विषले घुँडा र खुट्टाका ग्रन्थीहरु सुन्याई दिन्छ । (७।५०।२ पृ.५७४) सूर्य सबैका निर्माता हुन् । (७।६२।१ पृ.५८३) सूर्य मानव जगतका सृष्टिकर्ता र जीवन प्रदाता हुन् तथा उनी समय चक्र बदल्ने क्षमता राख्छन् । (७।६३।२ पृ.५८४) वायु नै पानीको आत्म हो । वायुले नै पानी चारैतिर (वर्षामा) पठाउँछ । वायु पोषक हुन्छ । (७।८७।२ पृ.६०१) वायु हावा र पृथ्वीको उपज हो । (७।९०।३ पृ.६०३) गाई र घोडीमा वनोषधिद्वारा गर्भधारण गराउन सकिन्छ । साथै सो औषधि महिलाका लागि पनि उपयोगी हुन्छ । (७।१०२।२ पृ.६१२) मेघबाट विध्वंश उत्पन्न गर्ने बज्र उत्पन्न गर्न सकिन्छ (७।१०४।४ पृ.६१४) आठौं मण्डल वायुका झङ्कारले बादल विदीर्ण गरेर जल वर्षाउँछन् । वायुले सबै प्राणीलाई पोषक अन्न प्रदान गर्दछ । (८।७।३ पृ.६३३) मरुतहरु निरन्तर स्रोतहरुकोे दोहन गर्छन् र समस्त पृथ्वी र अन्तरिक्षमा वर्षा गराउँछन् । (८।७।१७ पृ.६३४) घिउमा पौष्टिक तत्व हुन्छ । (८।७।१९ पृ.६३४) सूर्यका किरणले दुःख दिने शत्रु डराउँछन् । (८।१२।९ पृ.६४१) अन्तरिक्षमा देखिने नक्षत्रलाई स्थानान्तरण गर्न (हल्लाउन) सकिँदैन । (८।१५।९ पृ.६४६) आगोको ताप, सूर्यको प्रकाश र हावाको दोषमुक्त प्रवाहले मानिसको शरीरिक शत्रु (रोगव्याधी) बिनास गर्छ । (८।१८।९ पृ.६५०) अहिंसामा श्रेष्ठ सुख हन्छ । (८।१९।५ पृ.६५१) संगीतका साधन जस्तै वीणाको चर्चा छ । (८।२०।८ पृ.६५४) गीत संगीतका माध्यमबाट पशुहरुलार्य पनि खुसी पार्न सकिन्छ । (८।२०।१९ पृ.६५५) पशुहरु आफ्नोपन प्रदर्शन गर्न चाटाचाट गर्छन् । (८।२०।२१ पृ.६५५) नदी, असिक्ती, समुद्र र महाडमा औषधी हुन्छ । औषधिले शरीर बलियो बनाउँछ । औषधिले रोग हटाउँछ । भाँचिएको अंग जोड्दछ । (८।२०।२५।२६ पृ.६५६) सुरामा मद हुन्छ । (८।२१।१४ पृ.६५७) हलोको सहायताले खेतीपाती गर्न सकिन्छ । (८।२२।६ पृ.६५८) रोग किटाणुका कारण लग्दछ तसर्थ त्यस्ता रोगका काटाणु –अमिवा शब्दको प्रयोग छ)को क्षमता नियन्त्रण गर्नुपर्दछ । (८३५।१७ पृ.६७९) रोग समाप्त गर्ने हो भने पशु तथा मानिस बलिया हुन्छन् । (८।३५।१८ पृ.६७९) मानिसको शरीरमा लाग्ने रोगलाई अग्नि÷तेजका माध्यमबाट पनि नष्ट गर्न सकिन्छ । (८।३९।२ पृ.६८२) आगो बल्न र फैलिन हावा आवश्यक हुन्छ । (८।४०।१ पृ.६८३) बिरुवाका नचाहिँदा हाँगा छिमल्नु पर्दछ । (८।४०।६ पृ.६८३) आगो (अग्नि) आकाश, पानी र बलबाट उत्पन्न हुन्छ । (८।४३।२८ पृ.६८८) नवौं मण्डल बालकलाई आमाले आफ्नो दूधले पोषण प्रदान गर्नुपर्छ, अर्थात् आमाको दूधमा पोषण हुन्छ । (९।६१।१४ पृ.७८४) उनीका चाल्नीबाट अरल पदार्थमा रहेको फोहर चाल्ने तरल पदार्थलाई शुद्ध गर्न सकिन्छ । (९।६२।८ पृ.७८५) आकाशमा चम्कने बिद्युतले बादललाई वर्षन प्रेरित गर्दछ । (९।७६।३। पृ.८०४) पृथ्वीमा समुद्र व्याप्त छ । (९।८०।१ पृ.८०६) वाणी (आवाज) नास हुँदैन । –९।८०।२ पृ.८०६) बग्ने नदीको पानी शुद्ध हुँदै प्रवाहित हुन्छ । –९।८०।५ पृ.८०७) दशौं मण्डल औषधि (वनस्पति) र अन्नमा अग्नि (ऊर्जा÷तेज) हुन्छ । (१०।१।४ पृ.८४७) सूर्यमा सात रङ्ग हुन्छन्, सूर्य पृथ्वी भन्दा धेरै पहिले उत्पन्न भएका हुन् । (१०।५।५ पृ. ८५१) अग्नि –तेज÷ऊर्जा)ले मानिसलाई आलस्य –अल्टिनपा)बाट बचाउँछ । (१०।७।७ पृ.८५३) पानीमा पोषण तत्व हुन्छ । (१०।९।२ पृ.८५४) पानी रोग निर्मूल गर्न सहयोगी हुन्छ । (१०।९।४ पृ.८५४) पानीमा जीवन रस र अग्नि तत्व रहन्छ । (१०।९।६ पृ.८५४) पानीमा मानव शरीरमा आरोग्यता प्रदान गर्ने क्षमता रहेको हुन्छ । (१०।९।७ पृ.८५४) विभिन्न यानका विभिन्न मार्ग रहन्थे । (१०।१८।१ पृ. ८६५) ढुङ्गा घोटेर आगो निकाल्न सकिन्छ । (१०।२०।७ पृ.८६८) औषधि अर्थात् बनस्पतिको बीजको उत्पत्तिको कारण अग्नि –तेज÷ताप) हो । (१०।२१।८ पृ.८६९) भेँडाका ऊनबाट बस्त्र निर्माण गर्न सकिन्छ । (१०।२६।६ पृ.८७४) जल (पानी)का तत्वभित्र अग्नि रहस्यमय रुपमा विद्यमान छ । (१०।३२।६ पृ.८८३) रोग हटाउनका लागि अश्ववती मानको बल प्रदायक, सोमवती नामको शान्ति प्रदायक, उर्जवन्ती नामको ऊर्जा प्रदायक, उदोजस् नामको ओज र पोषण प्रदायक आदि सबै खालका औषधिका दिव्य गुणसँग हामी परिचित छौं । (१०।९७।७ पृ.९७१) हलो, आदि खेतीका औजार व्यवस्थित गरेर गोरुका काँधमा जुवा राखेर खेत जोत । तैयार गरिएको खेतमा बिऊ छर र कृषिवालीका अनेकौं उत्तम प्रजाति बिकास गर । चाँडै काट्न सकिने पाकेको अन्न प्राप्त होस् । (१०।१०१।३ पृ.९७७) खेती गरिएको जमिनमा सफा पानीले उत्तम तरीकाबाट सिंचाई गर्नुपर्दछ । (१०।१०१।६,७ पृ.९७८) खेतीका निम्ति जोत्ने गोरुलाई प्रयाप्त घाँस पानी खुवाउनुपर्छ । खेती तैयार भएपछि घरसम्म ओसार्न रथहरु बनाउनुपर्छ । पशु र मानिसका लागि पानीको संरक्षण गर्ने व्यवस्था गर्नुपर्छ । पशुपालनका निम्ति गोठ पनि राम्ररी बनाउनु पर्दछ । (१०।१०१।७,८ पृ.९७८) विविध १. ऋग्वेदका विभिन्न सुक्त र ऋचामा शून्य देखि दश लगायत विभिन्न अङ्कहरुको उल्लेख भएको देखिन्छ । यसप्रकार ऋग्वेद कालमा पूर्वीय जीवन पद्धतिमा अङ्क तथा गणनाको बैज्ञानिक बिकास भइसकेको देखिन्छ । २. ऋग्वेदमा ठाउँ ठाउँमा धनुष, वाण, प्रत्यञ्चा, कवच, किल जस्ता विभिन्न सक्षा साधन र उपाय तथा हातहतियारहरुको चर्चा छ । यसरी ऋग्वेद कालमा रक्षा प्रवन्ध बैज्ञानिक तरीकाबाट गरिएको र बैज्ञानिक साधनको प्रयोग भएको पाइन्छ । ३. ऋग्वेदमा दूध, दही तथा घ्यू लगायत गोठ गोठाला चरन, पशु आहार एवं पशुपालन सम्बन्ध िव्यवस्था भएको पाइन्छ । ४. ऋग्वेदमा बालक, दुलही, योद्धा लगायत जन सामान्यको आभुषणको प्रयोग गरेको चर्चा छ । फलतः त्यसबेला विभिन्न प्रकारका गहनाहरु बनाइन्थ्यो भन्ने पुष्टी हुन्छ । ५. त्यसबेला समयको विभाजन बैज्ञानिक तरिकाबाट भएको पाइन्छ । दिन महिना, ऋतु, संवत्सर जस्ता कुरा सो बेदमा उल्लेख छन् । दिनलाई पनि तीन भागमा बाडेको पाइन्छ । ६. बेदमा वस्त्र –कपडा)को चर्चा छ, रुचीको पनि उल्लेख छ । तसर्थ कपडा बुन्ने बैज्ञानिक सिप बिकसित भई सकेको देखिन्छ । ७. ऋग्वेदमा विभिन्न किसिमका अनाजको चर्चा गर्दै जौलाई महत्वपूर्ण खाद्य पदार्थ मानेको देखिन्छ । ८. ऋग्वेदमा वायु, सूर्य, पानी सोम र अश्विनी कुमारको सन्दर्भमा स्वास्थ्य, रोग निवारण र सतायु (१०० वर्ष बाँच्ने सन्दर्भ)को चर्चा पाइन्छ । यसरी स्वास्थ्य चेतना र स्वस्थ रहने उपाउ बारे प्रशस्त बैज्ञानिक चर्चा ठाउँ ठाउँमा गरिएको छ । ९. ऋग्वेद कालमा सूर्यमा सात रङ्ग लगायत अन्य रङ्गहरुको चर्चा छ । १०. अन्न, पानी, हावा, सूर्य, दूध र वनस्पतिमा पोषणतत्व हुने कुरा बताइएको छ । ११. ऋग्वेदमा प्रकृतिमा रहेका विभिन्न वस्तुको नामाकरण गर्ने पद्धति बिकसित भई सकेको देखिन्छ । १२. प्रकृतिको सम्मान, संरक्षण र प्रकृतिबाट अपेक्षा गर्ने पद्धति ऋग्वेदकालमा रहेको पाइन्छ । १३. ऋग्वेदमा घर, गाउँ, नगरको चर्चा हुनाले घर र बस्ती बसाउने बैज्ञानिक पद्धति बसिसकेको देखिन्छ । १५. ऋग्वेदमा ऋतु अनुसारको खानाको चर्चा पाइन्छ । साथै मुख्य तीन र कूल ६ऋतुको चर्चा ऋग्वेदमा रहेको पाइन्छ । अन्तमा, ऋग्वेदको भाषा, शैली र प्रस्तुति आफ्नै प्रकारको छ । मूलतः यो ििवभिन्न छन्दमा लेखिएको छ । यो ग्रन्थ विभिन्न दश मण्डल र मण्डल पिच्छे विभिन्न सुक्त तथा ऋचामा विभक्त छ । विभिन्न ऋषीहरुले विभिन्न देवतालाई संबोधन गरी रचना गरेको देखिन्छ । केही ऋचा महिला रचित पनि छन् । बेदमा विभिन्न भौगोलिक संकेत छन् । विभिन्न नदीका मान उल्लेख छन् । विभिन्न पशुपंक्षी, जनावर र प्राकृतिक विषयमा पनि चर्चा छ । ऋग्वेदमा विवाहरुपी संस्थाको प्रसंगहरु छन् । यसमा पारिवारिक कामको आधारमा चार वर्णमा विभाजित रहेको प्रसंग पनि छ र पाँचौं वर्गको उल्लेख पनि छ । वर्ण व्यवस्था मानव सृजित नभै व्यक्तिले आफूले गर्न सहज मानेको, गर्दै आएको र अ वगर्न अभ्यस्त रहेको कामको प्रकृतिमा आधारित रहेको बुझिन्छ । यो बेदमा अहिंसाको व्यापक चर्चा छ । आक्रमण रोक्न युद्धको चर्चा छ । सुरक्षालाई उच्च प्राथमिकता दिइएको पाइन्छ । फलतः किल्ला, हतियार युद्ध साधन बन्दोबस्तीका सामग्री र सेनाको प्रशस्त चर्चा छ । ऋग्वेदमा प्रकृतिको रक्षा, प्रकृतिक क्रियाकलाप, प्रकृतिबाट प्राप्ती र प्रकृति रक्षा जस्ता विषयमा चर्चा छ । मानिसले प्रकृतिबाट वायु, पानी, ताप, ऊर्जा, अन्न र औषधि प्राप्त गर्ने कुरा छन् । प्रकृतिले तैयार गरेको समयलाई बिभाजन गरिएको छ । दिन रात, बिहान मध्यान्ह साँझ(राती) दिन, ऋतु –तीन र छ) र संवत्सरको चर्चा छ । समयको सन्दर्भमा सूर्य र चन्द्रको भूमिकाको चर्चा छ । ऋग्वेदमा विभिन्न असल र खराब वानी, व्यहोरा, व्यवहार, प्रबृत्ति, आचरण, कर्मको चर्चा छ । यसमा पाप र धर्मको चर्चा छ । ऋग्वेदमा कृषि, पशुपालन, सिंचाईको चर्चा छ । यस बेदमा घर निर्माण गर्ने, घरमा बस्ने, गाउँ र शहर जस्ता विषयको प्रसंग ठाउँ ठाउँमा छ । ऋग्वेदमा गाडा, रथ नौका र त्यसमा पनि हावा, पानी र जमिन तीनै ठाउँका यातायातका साधनको उल्लेख छ । ऋग्वेदमा न्याय समानता, कर्तव्य, राष्ट्र राज्य र राजाको चर्चा छ । ऋग्वेदमा ज्ञान, कर्म, शिप, अनुभव, योग्यताको कदर दानको महत्व, आशिर्वाद, प्रार्थना र आग्रहको चर्चा छ । ऋग्वेदमा ठाउँ ठाउँमा देवत्व प्राप्त गर्न सकिने कुरा रहेको छ । यस बेदमा शान्ति, सुख, ऐश्वर्य, शत्रु संहार, सुरक्षा र भोतिक तथा आत्मिक बिकासको प्रशस्त प्रसंगहरु छन् । ऋग्वेदमा स्वास्थ्य, आरोग्य, औषधि, प्रकृतिबाट प्राप्त हुने औषधिय गुण, बिज्ञान, सल्य चिकित्सा उपचार पद्धति र चिकित्सक र स्वास्थ्यको महत्व बारे प्रशस्त प्रसंग आउँछन् । ऋग्वेदमा पहाड, समुद्र, मरुभूमि, विभिन्न नदीहरुको नाम सहित उल्लेख गरिएको छ । ऋग्वेदमा मानिसका विभिन्न भावनाहरुको चर्चा गर्दै असल भावनाको निरन्तरता, बिकास र प्रयोग तथा खराब र हानिकारक भावना नियन्त्रण र त्यागगर्नु पर्ने कुराहरु छन् । ऋग्वेदमा सम्पत्ति, ऐश्व्र्य, धन, सम्पदा, सुख, सम्बृद्धी, सन्तानको कामना गरिएका कुरा ठाउँ ठाउँमा छन् । देवता र प्रकृतिसँग तिनको कामना गरिएको देखिन्छ । त्यसका लागि प्रकृतिसँग मिलाप राखी, प्रकृतिबाट सिकी ज्ञान, बुद्धि र बिबेक प्रयोग गर्दै जीवन पद्धति सञ्चालन गर्नु पर्ने कुरा उल्लेख छ । यस वेदमा धर्म, ज्ञान, योग तपस्या, आराधना देवत्व प्राप्ती र परोपकारको प्रसंग आउँछ । ऋग्वेदमा विभिन्न भोतिक बिकास र बिज्ञानको पनि प्रशस्त सन्दर्भ आउँछ । यस वेदमा प्रशस्त उपमा र प्रतीकको प्रयोग भएको पाइन्छ । ऋग्वेदमा सुत्रात्मक अभिव्यक्ति छ । प्रतीकको रुपमा व्यक्त वा लक्षणिक अर्थमा प्रयायेग गर्रिको भाषा सन्दर्भले उही शब्दका अनेक अर्थ र व्याख्या हुन सक्ने देखिने रहेछ । ऋग्वेदमा कतिपय कुरा प्रत्यक्ष वा जस्तो देखिन्छ । त्यही र कतिपय कुरा रहश्यात्मक रुपमा उल्लख भएको प्रतिति हुन्छ । ऋग्वेदमा धेरै थोक छ, खोज्न भने जरुरी छ । यहाँ सबथोक लेख्न सम्भव छैन । वेद बारे थप जान्न वेदका व्याख्याहरुको अध्ययन पनि जरुरी हुन्छ । यसको लागि कतिपय नेपाली र भारतीय विद्वानका कृति बजारमा उपलब्ध छन् । अन्य बिदेशीले पनि अनुवाद गरेको र कलम चलाएको पाइन्छ । ती कतिले असल मनले काम गरेका छन् । कतिले हामीलाई होच्याउने नियतले काम गरेका छन् । त्यो भने पाठकले नै छुट्याउनु पर्ने हुन्छ । जेहोस् हाम्रा पूर्वजको यो सनातन कृतिले हाम्रो पूर्खाको त्यसबेलाको जीवन पद्धति उजागर गर्छ । विश्वमा प्राप्त पहिलो कृतिले हामीलार्य हाम्रा पूर्वज प्रति गर्व गर्ने प्रशस्त ठाउँ दिन्छ । हाम्रो सभ्यता र संस्कृति बनाउँछ । यो कृति पढ्दा हामी हाम्रा पूर्खाले अरु कोही भन्दा तल छोडेर गएका थिएनन् भनी गौरवान्वित नै गराँउछ । साथै आज हामी लोभ लालचमा फसेर बाटो बिराएका छौं भने मनमा आफै प्रति लाज र घिन पनि उब्जायो भने अझ सार्थक हुनेछ ।

No comments:

Post a Comment