Thursday, December 5, 2019
सुगौली सन्धि र अन्य कागतपत्रहरू- २ – देशसञ्चार
सुगौली सन्धि र अन्य कागतपत्रहरू- २ – देशसञ्चार: MEMORANDUM for the approval and acceptance of the RAJAH of NIPAL, presented on the 8th December 1816. Adverting to the amity and confidence subsisting
Monday, December 2, 2019
Friday, November 22, 2019
Thursday, September 5, 2019
(सर्वोच्च बार जर्नल
बर्ष १३ अंक १४ मा प्रकाशित)
सनातन दर्शनमा झुठा अभिव्यक्ति
र शपथ उल्लङ्घन : संक्षिप्त चर्चा
-मोहन
बन्जाडे
पूर्वीय दर्शन मध्येको सनातन दर्शन
सम्बद्ध शास्त्रहरु “बिश्वास” मात्र होइनन्| यसमा व्यक्ति,
समाज, सरकार र राज्यले गर्न हुने,
नहुने र गर्न पर्ने कुराहरुको पनि उल्लेख छ| व्यक्तिको उत्तम वैयक्तिक जीवन, समाजको उत्तम सामाजिक सम्बन्ध र राज्यको उत्तम सेवा प्रणाली (शासन
प्रणाली होइन) र मानिसका कर्तव्य बारे शास्त्रमा प्रशस्त चर्चा छ| सनातन दर्शनमा
मानिसलाई जन्मजात पापी ठानी मरेपछि स्वर्ग जाने लोभमा कुण्ठा बोकेर हिड्न सिकाइएको
छैन| इतिहासको कुनै कालखण्डमा भएको भनिएको कसैले गरेको पापको सजाय मानव जाति
रहेसम्म भोग्नुपर्ने तनाव यस दर्शनले पुस्तान्तर गर्दैन| बरु मानिसलाई देवत्व
प्राप्त गर्न योग्य र दिव्य मानिएको छ|
सनातन दर्शनमा राज्य र राज्य प्रणाली, परराष्ट्र
सम्बन्ध, सन्धि, विग्रह, राजदूत, राष्ट्र प्रमुख र सेवा प्रदायकका योग्यता, अयोग्यता
र कर्तव्य, न्याय प्रणाली, न्यायाधीशका योग्यता, कानून निर्माण, मुद्दा वा झगडा
पर्नाका कारण, सेना, प्रहरी, गुप्तचर व्यवस्था, युद्धका नियम, दुर्ग निरुपण,
सुरक्षा व्यवस्था, अपराध, अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा दण्ड प्रणाली,
पश्चाताप र प्रायश्चित, कारागार, राजश्व व्यवस्था, राजश्वको सदुपयोग, लेखा र लेखा
परीक्षण, भ्रष्टाचार नियन्त्रण र सुशासन, लिखत लेख्ने काइदा, विवाह, लेनदेन
व्यवहार, नासो, धरौट, व्यापार, व्यवसाय, करार, जमानी, भूमि व्यवस्था, सीमा, नापजाँच,
वन तथा वातावरण एवं प्राकृतिक साधनको सदुपयोग, परिवार, पारिवारिक सम्बन्ध,
अंशबण्डा आदि जस्ता आजको कानूनले संबोधन गर्ने अनेक बिषय सम्बोधित छन्|
कतिपय पश्चिमाले सबै नयाँ कुरा र
सिद्धान्तलाई आफ्नो रंगका वा खास विश्वास मान्ने मानिसको उपज ठान्ने गरेका छन्|
अरु दर्शन र सभ्यतामा भएका कुरालाई उनीहरुको एकल किताबमा उल्लेख भएबमोजिम पृथ्वी
इश्वी संबत भन्दा चार हजार बर्ष पुरानो नमान्ने, अरुका देवता देवता नहुने, अरुका
पूजा पद्दति पूजा पद्दति नहुने, अरुका शास्त्र वा धर्म ग्रन्थमा लेखिएका कुरालाई उतैका
पादरीवाद, मार्क्सवाद वा फ्रायडवादको चश्माबाट हेरेर वा हेराएर असभ्य भन्ने प्रयास
पनि भए गरेको पाइन्छ| पूर्वीय समाज श्वेत पुरुष प्रभुत्व, पादरीवादी प्रभुत्व र
अरुका धर्म संस्कृति र सभ्यता नष्ट गराउन धर्म परिवर्तन गराउने, पुरातात्विक संपदा
चोरी गरी गराई आफ्ना देशका म्युजियममा पुर्याउने, अरुका परिवार भत्काउने, सामाजिक
सम्बन्ध तोडाउने, समन्वयसित बसेको समाजमा शत्रुताको विष घोल्ने जस्ता कार्यको
शिकार बनाइदै आएको पनि छ| उपनिवेशकालमा प्रत्यक्ष
रुपमा गरिने यी कार्य अहिले बिदेशी गैरसरकारी संस्थाको माध्यमबाट पनि गरिदै छ|
आफ्ना सभ्यतामा के राम्रा र कुन नराम्रा
कुरा थिए तथा राम्रा कुरा पुस्तान्तर र नराम्रा कुरा खारेज वा सुधार गर्न त्यस
बारे जानकारी राख्न जरुरी छ| राज्यले कानून वा
नीति तर्जुमा गर्दा अरुको नक्कल मात्र होइन आफ्नो इतिहास र समाजबाट पनि
सिक्नुपर्छ| आफ्नो विगत केही विदेशीले भने जस्तो शून्य वा असभ्य नै थियो त भन्ने
बारे जानकारी राख्न पनि जरुरी छ| कसैले तिम्रो इतिहास वा सभ्यतामा यस बिषयमा के
थियो भनी प्रश्न गरे जबाफ दिन सक्ने अवस्थामा रहनुपर्छ|
सनातन दर्शनमा न्याय कानूनको क्षेत्रमा
व्यापक उल्लेख छ| त्यसका बिभिन्न विधा बारे अध्ययन अनुसन्धान गरी पाठक समक्ष
पस्कनु हाम्रो कर्तव्य हो| हाम्रा विश्वविद्यालय, न्यायिक प्रतिष्ठान, बार र अन्य
संस्थाले यस्ता अनुसन्धान गर्न लाज मान्नु पर्दैन| अक्कल नपुर्याई, लालचमा परी वा
आफ्ना कुराको अनभिज्ञताका कारण अरुको नक्कल गर्नु भन्दा आफ्नो इतिहास र समाज
भित्रबाट कानून र नीतिका सुत्र खोज्नु कदापि मूर्खता होइन| समय र समाज सापेक्ष
नभएका कुरा छोडी अघि बढ्न हाम्रा शास्त्रले पनि रोकेका छैनन्| बरु प्रेरित गरेका
छन्| कानूनमा स्थानीय प्रथा परम्परालाई स्थान दिइएको छ| भिन्न र समय सापेक्ष
विचारलाई नै शास्त्रले महत्व दिएको कुरा यति धेरै शास्त्र संबन्धी ग्रन्थको उपलब्धताले
नै पुष्टि गर्छ|
पराशर स्मृतिमा शास्त्र युग अनुसार हुने
भनी शब्द मै भनिएको छ| (१|२४) कौटिल्यले आफ्ना कुरा लेख्दा अरु स्मृतिसंग असहमत
भएका कुरा “कौटिल्यको अर्थशास्त्र”को ठाउँ ठाउँमा उल्लेख नै गरेका छन्| सनातन
दर्शनले तार्किक असहमति र समय र समाजको मागलाई संबोधन गर्न सक्ने कुरालाई
प्रोत्साहन गरेको कुरा यी सन्दर्भबाट पुष्टी हुन्छ| यस्तै कानून र नीतिमा समाज
सापेक्षता, कुल सापेक्षता र भूगोल सापेक्षता रहने कुरा पनि प्रष्ट उल्लेख छ| पूर्वीय दर्शनमा कुनै एउटा किताब अठ्याएर बस्नु पर्ने वा गलत कुरा
पुस्तान्तर गर्नुपर्ने वाध्यता छैन| यहाँ वाद, विवाद, संवाद, प्रश्न, उत्तर,
समस्या, समाधानका लागि सिङ्गो पुस्तकालय उपलब्ध छ| श्रुति, स्मृति, इतिहास नीति,
कथा, व्याख्या (मिमांशा) साहित्य, कला, संगीत, व्याकरण, चिकित्सा आदि अनेक विधा
छन्|
वेदका कतिपय ऋचा विदुषीहरुले लेखेका छन्|
सनातन धर्ममा देवीहरु छन्|
सनातन दर्शनको विराट स्वरुपभित्र शपथ लिनुपर्ने र त्यसको उल्लङ्घन गर्न नहुने तथा
झुठो बोल्न नहुने र बोले दण्ड हुने कुरा
समेत उल्लेख भएको पाइन्छ| यस आलेखमा सानो थोपाको रुपमा रहेको “झुठो अभिव्यक्ति र शपथ”
सम्बन्धमा पूर्वीय दर्शन सम्बद्ध केही शास्त्रमा रहेका केही महत्वपूर्ण कुराको
चर्चा र विश्लेषण गर्ने प्रयास गरिने छ|
मनुस्मृति
साक्षीले झुठो बोलेमा ठूलो कष्ट सहनुपर्ने हुँदा साक्षीले सदैव साँचो
बोल्नुपर्छ| साँचो बोलेमा बकपत्र गर्ने मानिस पवित्र हुन्छ| सत्यले धर्म (न्याय)को
अभिवृद्धि हुने हुँदा सबै साक्षीले साँचो बोल्नुपर्छ| मानिसले झुठो बोलेर आत्मरूपि आफ्नो उत्तम साक्षीलाई नै अपमानित
गर्नु हुँदैन| खराब काम गर्नेहरुले आफूले गरेका काम अरुले देखेको छैन भनी ठान्छन्,
तर ईश्वर र आत्मले ती खराब काम देखिरहेका हुन्छन्| (८| ८२-८५)
न्यायकर्ताले पुर्वान्ह्मा पवित्र भई पूर्व वा उत्तरतिर फर्की साक्षीलाई सत्यसाँचो
कुरा बोल्न भन्नुपर्छ| साक्षी दिन लगाउनु (बकपत्र गराउनु) अघि साक्षीलाई शपथ लिन
लगाएर साक्षी दिन (बकपत्र गर्न) भन्नुपर्छ| झुठो साक्ष (प्रमाण) दिने व्यक्ति चरम
नर्क(पिडा)मा पर्छ| झुठो बोलेमा जीवनपर्यन्त गरेका असल कार्यको प्रतिफल प्राप्त
हुँदैन| आफूले झुठो बोलेको कुरा आफ्नो हृदयले सदैव देखिरहेको हुन्छ| झुठो बकपत्र
गर्नु आफ्नो जीवनकालमा नै अपमानजनक हुन्छ| यसले जीवनलाई अन्धकार र कष्टप्रद बनाउछ|
(८| ८७-९४)
आँखाले देखेको नबोल्नु र नदेखे नजानेको कुरा बोल्नु कुट साक्ष हो| बोल्ने
बेलामा जसको आत्म शंकित हुदैन वा डग्मगाउदैन त्यो नै सर्वश्रेष्ठ हो| झुठो साक्ष
हत्या सरहको खराब कार्य हो| मानिसले बिभिन्न बिषय बस्तु र क्रियाकलाप बारे झुठो बोल्नु
हुँदैन| पाप वा अपराधबाट दोषमुक्त हुन जे जस्तो कुरा देखे जानेको हो त्यस्तै सत्य
कुरा बोल्नुपर्छ| (८| ९५-१०१)
मानिसले झुठो बोल्न सक्ने केही कारण र अवस्था हुन्छन्| धर्म (न्याय)का
लागि नै झुठो बोल्नु स्वर्गबाट बन्चित अपराध हुँदैन| जहाँ सत्य कुरा बोल्दा आफू नै
मारिनु पर्ने अवस्था आउँछ त्यहाँ आफ्नो प्राणरक्षा (आत्मरक्षा)को लागि सत्यभन्दा
असत्य श्रेयस्कर हुनसक्छ| यसरी असत्य बोलेकोमा पनि प्रायश्चित भने गर्नुपर्छ|
(८|१०२-१०७)
वादी प्रतिवादी बीचको झगडाको बिषयमा उनीहरुको कुनै साक्षी छैन भने वा
त्यसबारे कुनै सत्य फेला पार्न सकिएन भने न्यायकर्ताले वादी प्रतिवादी दुवैलाई शपथ
गराएर भएपनि सत्यको निर्णय दिनुपर्छ| कार्य विशेषको निर्णयको लागि महर्षि र
देवताहरुले पनि शपथ लिएका छन्| शपथ लिने बिभिन्न तरीका छन्| शपथ स्वयं पीडादायक
हुनु हुदैन| सहज शपथ नै पवित्र शपथ हो|(८| १०८-११६)
कुनै विवादमा पछि आएर झुठो साक्षका आधारमा मुद्दाको कारवाही अघि बढेको
देखिन आए त्यस्तो विवादमा पुन:विचार गर्नुपर्छ| झुठो साक्षमा आधारित कारवाही झुठो
गवाहीका कारण असफल हुन्छ| अर्थात् झुठो बकपत्रमा आधारित रहेको कारवाही शून्य हुन्छ
र पुन कारवाही गर्नुपर्छ| (८|११७)
मुद्दाको रोहमा लोभ, भय,
मित्रता, काम, क्रोध एवं वचपना वा अति सोझोपनका कारण झुठो दिएका अभिव्यक्ति झुठा
हुन सक्छन्| (८-११८)
मानिसले जुन कारणले झुठो अभिव्यक्ति दिएको हो उसलाई सोही कारणमा आधारित
भई दण्ड दिनुपर्छ| लोभ, डर, मित्रता, कामवासना, क्रोध, अज्ञानता वा मूर्खता जुन
कारणले झुठो बोलेको हो सोही अनुसारको झुठो
साक्षी मानी तदनुसारको दण्ड दिनुपर्छ| यी दण्ड अवस्था र प्रकृति अनुसार प्रथम साहस,
मध्यम साहस र उत्तम साहस तथा जरिवाना
जुनसुकै हुन सक्छन्| झुठो अभिव्यक्ति
दिएमा जरिवानादेखि देश निकालासम्मको सजाय
हुन सक्ने व्यवस्था छ|(८|११९-१२३)
मानिसले आफ्नो उन्नति (स्वार्थ) का लागि झुठो बोल्नु ब्रम्हहत्या /
महापातक सरह ठूलो अपराध हो| यस्तै झुठा साक्षी बक्नु पनि ठूलो अपराध हो|
(११|५५,५६) झुठो बकपत्र गर्नेले ब्रम्ह्हत्या सरहको प्रायश्चित गर्नुपर्छ| (११|
८८)
याज्ञवल्क्यस्मृति
साक्षीको रुपमा बकपत्र गर्न उपस्थित व्यक्तिलाई न्यायालयमा खासप्रकारको
चेतावनी दिनु पर्दछ| सो चेतावनीमा साक्षीको रुपमा झुठो बोल्नु चोरी, हत्या र
बलात्कार जस्तै अधर्म (अपराध) हो र झुठो बोले त्यसै अनुसारको परिणाम भोग्नुपर्छ
भन्ने प्रकृतिको व्यहोरा राख्नुपर्छ| साथै साक्षीलाई तिमीले झुठा बकपत्र गर्यौ भने
तिम्रा कारण पराजित व्यक्तिले तिम्रा सबै राम्रा कामको फल प्राप्त गर्नेछ र तिमीले
उसका सबै खराब कामको भार बहन गर्नुपर्नेछ भनी साबधान गर्नुपर्छ| साथै तिमीले सत्य
र केवल सत्य मात्र बोल, झुठो बोलेर लोक परलोक नबिगार भन्ने व्यहोरा सहित सावधान
गर्नुपर्छ| साक्षीलाई चेतावनी दिने र सावधान गर्ने कार्य न्यायालयले वादी
प्रतिवादी दुवैको रोहवरमा गर्नुपर्छ| (२| ७३-७५)
साक्षीको रुपमा उपस्थित भएको व्यक्तिले न्यायालयबाट चेतावनी दिइएको र
साबधान गराइएको व्यहोरा सुनेपछि मौन रहेमा उसले झुठो बकपत्र दिन नचाहेको अनुमान
गर्नुपर्छ| (२| ७६) कुनै व्यक्तिले सत्य र वास्तविकता जान्दाजान्दै पनि बकपत्र दिन
नचाहेमा त्यो व्यक्ति अधम हो| यस्तो व्यक्ति कुट साक्षी (झुठो अभिव्यक्ति दिने) सरहको
अपराधी हो र उसलाई कुट साक्षी सरह दण्ड गर्नुपर्छ| (२| ७७)
साक्षीले वादीको व्यवहारको सत्यता पुष्टी गरे वादी विजयी हुन्छ| वादीले
आफ्नो समर्थनमा सत्यनिष्ठ साक्षी जुटाउन नसके वा साक्षीले उसको पक्षमा वकपत्र नगरे
उसले मुद्दा हार्छ| (२|७९) कुनै साक्षीले वकपत्र गरेपछि अरु बहुमत वा सम्मानित वा
प्रभावशाली साक्षीले त्यसको विपरित साक्ष दिएमा पहिला बक्ने साक्षी कुट साक्षी
हुन्छ| (२| ८०)
घुस लिई झुठो बकपत्र गर्ने प्रत्येक कुट साक्षी दण्डभागी हुन्छ| यस्तो
साक्षीलाई मुद्दामा पराजित हुने पक्षलाई हुने अर्थदण्ड (जरिवाना) को दुगुना
अर्थदण्ड हुन्छ| त्यस्तो साक्षी ब्राह्मण भए अर्थदण्ड नगरी देश निर्वासनको दण्ड
दिनुपर्छ| (२|८१) साक्षी हुन स्वीकार गरेर वा बकपत्र गर्न स्वीकार गरेर पनि बकपत्र
नगर्ने साक्षीलाई मुद्दा हार्ने पक्षलाई हुने बराबरको अर्थदण्ड हुन्छ| त्यस्तो साक्षी ब्राह्मण भए अर्थदण्ड नगरी देश
निर्वासनको दण्ड दिनुपर्छ| (२|८२)
यदि कुनै साक्षीले साँचो बकपत्र गरेका कारण ऊ मारिने सम्भावना भएमा र
उसले आफ्नो प्राण रक्षाको निम्ति असत्य बोलेको भए असत्य वचन शुद्धीका लागि
प्रायश्चित गर्नुपर्छ| (२ |८६) झुठा शपथ लिनेलाई एकसय पण अर्थदण्ड हुन्छ| (२|२३५)
जमिनको साँध सिमाना सम्बन्धी बिषयमा झुठा विवरण दिए वा मिथ्या अभिव्यक्ति दिएमा मध्यम
साहस दण्ड गर्नुपर्छ| (२| १५३)
गौतमस्मृति
मुद्दामामिलामा झुठ र सत्यको निर्णय साक्षीका अधीन हुन्छ| साक्षीको
संख्या सकभर अधिक हुनुपर्छ| साक्षीहरु कर्ममा प्रतिष्ठित, राज्यमा विश्वासपात्र,
अर्थी (वादी) र प्रत्यर्थी( प्रतिवादी) कसैप्रति पनि प्रेम र द्वेष नराख्ने
व्यक्ति हुनुपर्छ| न्यायालय (राजा र प्राड्विवाक) बाट नबोलाइएका र नासोधिएका
मानिसले बोल्न हुँदैन| विवादको विषयमा जानेर पनि नबोल्ने मानिस दण्डभागी हुन्छन्| सत्य
बोल्ने साक्षीलाई स्वर्ग र झुठ बोल्ने साक्षीलाई नरक प्राप्त हुन्छ| साक्षीको
रुपमा नाम उल्लेख नभएको भएपनि व्यक्तिले साक्षीको रुपमा बोल्नुपर्छ| बल प्रयोग गरी
वा पीडा पुर्याई गरिने अपराध (पिडाकृते) मा साक्षीहरुको वादीप्रतिवादीहरुसंग के
कस्तो सम्बन्ध थियो भन्ने हेरिदैन, यी मुद्दामा साक्षीले बकपत्र गर्नैपर्छ| साक्षीले
प्रमत्त भएर (असावधानीपूर्वक) बोलेमा उसलाई दोष दिइदैन| धर्म (सत्य, न्याय
कर्तव्य, कर्म) र लोकव्यवहार (प्रथा, परम्परा, प्रचलन) को मर्यादामा खलल पुर्याउने
साक्षी, न्यायाधीश, राजा र अपराधी सबैलाई दोष लाग्छ| कतिपय स्मृतिहरुको मत छ कि
साक्षीहरुलाइ सत्य कर्मको शपथ गराएर मात्र बकपत्र गराउनुपर्छ| (१३|१)
बिभिन्न किसिमका विवादमा झुठ बोलेमा झुठो बोल्ने साक्षीलाई विवादको
प्रकृतिअनुसार सजाय हुन्छ| साना बिषय वा अपराधमा कम र ठूलामा बढी दण्ड हुने भन्दै
केही बिषय र हुने दण्डको मात्रा उल्लेख गरिएकोछ| (१३|२)
साक्षीले बकपत्र गर्नु अगाडी तिमीले यो बिषयमा झुठो बोले यस्तो दण्ड
हुन्छ भनी सुनाएर मात्र बकपत्र गराउने कारवाही अगाडी बढाउनु पर्छ| साक्षीले झुठो
बोलेको प्रमाणित भएमा निजलाई खारेज गरी दण्ड गर्नुपर्छ| निर्दोष व्यक्तिको
रक्षार्थ राजा र न्यायाधीश दुवै पक्षको बीच स्थित रहनुपर्छ| सत्यलाई उजागर गर्न
एकवर्षसम्म प्रतिक्षा गर्न सकिन्छ| तर कतिपय महत्वपूर्ण र अत्यावश्यक विषयमा सिघ्र
निर्णय गर्नुपर्छ| एक वर्षसम्म प्रतिक्षा गर्न सकिने भनेको वास्तविकता सम्झन,
विवादका विषयबस्तु स्पष्ट पार्न र प्रमाण जुटाउन दिइएको अधिकतम समय हो| विषयबस्तु
र सन्दर्भ अनुसार सो अवधि एक वर्ष भन्दा कम हुन सक्छ| मुद्दामा प्रमाण बुझ्न वा
सुनुवाई गर्न ढिलाई गर्दा हानि नोक्सानी हुने देखिए उत्तरका लागि लामो समय पर्खन
हुँदैन| न्यायकर्ता समक्ष सत्य बोल्नु सबै धर्ममा श्रेष्ठ धर्म हो| (१३|२)
झुठो अभिव्यक्ति दिने (बकपत्र गर्ने) व्यक्तिलाई पितृहरुको श्राद्धमा
भोजन गराउन हुँदैन| ( १५|३) अर्थात् महत्वपूर्ण सामाजिक कार्यमा सम्मिलित गराउन
हुँदैन| झुठो बकपत्र गर्नु महापातक (गम्भीर अपराध) हो| (२२|२)
नारदस्मृति
समाह्वान पश्चात उपस्थित भएको साक्षीलाई न्यायाधीशले शपथ लिई अलग अलग राखी
(एउटा साक्षीले बोलेको अर्कोले सुन्न नहुने) बकपत्र गराउनुपर्छ| शपथ बिभिन्न
वर्णका मानिसलाई विभिन्न किसिमले गराइन्छ| शपथ गराउदा सत्यको महत्ता र झुठको खराबी
बारे बताई सत्यको निम्ति उत्प्रेरित गर्नुपर्छ| झुठा बकपत्र गर्नु स्वयममा अपमानित
हुनु हो| यस स्मृतिमा केही बिषय उल्लेख गरी ती बिषयमा झुठो अभिव्यक्ति दिनुलाई
गम्भीर अपराध मानिएको छ| (१| १९८-२०९ )
सत्य आत्म शुद्धीकरणको अप्रतिम उपाय र सर्वोत्तम गुण हो| सत्यले नै
प्रकृति संचालन गर्छ | सत्य महान उपकार, प्रभावकारी नैतिक माध्यम र सर्वोच्च
कर्तव्य हो| सत्यद्वारा नै पृथ्वीमा स्वर्गीय अवस्था प्राप्त हुन्छ| सत्य नै
मानिसको स्वत्व हो| सत्यले रक्षा गर्छ र झुठले विनास निम्ताउछ| सबै कुरा सत्यमा
अडेको छ| (१ |२१० -२२३)
झुठो प्रमाण दिनु अपराध हो| झुठा साक्षी बन्नु गम्भीर अपराध हो| सत्य
भन्दा राम्रो गुण र झुठ भन्दा ठूलो अर्को अपराध छैन| तसर्थ कसैले साक्षी राखेमा
मानिसले सत्य मात्रै बोल्नुपर्छ| (१|२२४-२२६)
कौटिल्यको अर्थशास्त्र
साक्षीको रुपमा प्रस्तुत भएको व्यक्तिलाई उनीहरुको वर्ण अनुसार तोकिएको
प्रक्रिया अनुरुप शपथ गराई बकपत्र गराउनुपर्छ| शपथ गराउदा साँचो बोल्न प्रेरित
गर्नुपर्छ| साँचो नबोले हुन सक्ने परिणाम (लौकिक अलौकिक) को भय देखाउदै शपथ लिन
लगाउनुपर्छ| साँचो नबोलेमा राजा (न्यायकर्ता) ले थाहा पाउने र दण्ड हुने तथा साँचो
बोले नबोलेको कुराको पछि जाँच हुने कुरा
पनि शपथका समयमा साक्षीलाई बताउनु पर्छ| यसरी प्रेरित गर्दा र भय देखाउदा समेत
साक्षीले सात दिन सम्ममा पनि साँचोकुरा नबताएमा साक्षीलाई बाह्र पण अर्थदण्ड
गर्नुपर्छ| तीन पक्ष (पैचालीस दिन) पछि त्यस्तो मुद्दाको निर्णय गर्नुपर्छ|
(६७|११| १७ ,१८)
साक्षीहरु सामान्यत: ठीक हुन्छन् भनी मान्नु (अनुमान गर्नु)पर्दछ| तथापि
मुद्दाको बिषयबस्तु राम्ररी विचार नगरी साक्षीको रुपमा बकपत्र गर्न आउनेलाई चौबीस
पण र घटना राम्ररी बुझाउन नसक्नेलाई बाह्र पण दण्ड गर्नुपर्छ| (६७|११|२३)कौटिल्य
कुट साक्षीलाई गरिने कठोर सजाय बारे मनु, वृहस्पति र शुक्राचार्यसंग असहमत छन्| तर
घुस रिसवत लिई झुठो बक्न खोज्ने साक्षीलाई
भने कडा सजाय गर्नुपर्ने कुरामा उनी रहेको देखिन्छ|(६७|११| २०-२२) नक्कली रुपमा
अभियुक्त बनेका सत्री (खासप्रकारका गुप्तचर)ले शंकास्पद साक्षीलाई धेरै धनको
प्रलोभन देखाएर आफ्नोतर्फबाट झुठो साक्षी
बक्न लगाउनु पर्छ | त्यसो गर्दा साक्षी लोभियो भने उसलाई झुठो साक्षी भनी देश
निकाला (प्रवासन) गर्नुपर्छ| (७९|४ |५)
शुक्रनीति
झुठो साक्षी कहिलै नबक्नु| साक्षी बसिसकेपछि मलाई थाहा छैन भनेर पनि नभन्नु| झुठो नबोल्दा
प्राण नै जान्छ र झुठो बोल्दा असल र गतिलो काम हुन्छ भने झुठो बोले पनि
हुन्छ|(३|१००)
न्यायकर्ताले सबै साधन (प्रमाण) केलाएर मात्र निर्णय गर्नुपर्छ| झुठा
प्रमाण दाखेल गर्नेलाई मुद्दा हेरी दण्ड गर्नुपर्छ| झुठा साक्षी बक्ने र साक्षीलाई
बक्न नै नदिनेलाई मुद्दा हार्दा हुने
दण्डको दोब्बर दण्ड गर्नुपर्छ| (४|५|१६८)
विश्लेषण
पूर्वीय दर्शन सम्बद्द शास्त्रमा न्यायसम्म पुग्न सत्य नै एक मात्र मार्ग
भएकोमा सहमति देखिन्छ| सत्यले व्यक्तिलाई पवित्र बनाउने, आत्मसन्तुष्टि हुने, समाजमा
सम्मान हुने र राज्यले गर्न सक्ने दण्डबाट बचाउने कुरा उल्लेख छ| यसरी न्याय प्रति
व्यक्ति, समाज र राज्य सबैको उच्च भूमिका रहने बताइएको देखिन्छ| सत्यलाई पृथ्वीको
स्वर्ग र झूठलाई नर्क भनिएको छ| सत्य बोल्न लौकिक र परलौकिक कुरा प्रति सतर्क र
सजग बनाउन चेतावनी दिने र साबधान गराउने मान्यता रहेको देखिन्छ|
कुट साक्ष बारे कतिपय स्मृतिमा कठोर दण्ड व्यवस्थाको चर्चा छ| खासगरी
कौटिल्यले भने मनु, वृहस्पति र शुक्राचार्यको नाम लिएर नै आफू त्यस रुपमा कठोर
नभएको बताएका छन्| तर घुस रिसवत लिएर झुठो बोल्नुलाई भने कौटिल्यले पनि कठोर
दृष्टिकोण राखेको पाइयो|
यस्तै कुट साक्षका निम्ति सजाय गर्दा बिषय बस्तुको गम्भीरताका आधारमा
कमबेसी दण्ड हुने कुरा पनि उल्लेख छ| जसले जुन कारणले झुठो बोलेको हो त्यसमा
आधारित भै सजायको मात्रा तोक्ने कुरा पनि मनुस्मृतिमा उल्लेख भएको देखिन्छ| यो
न्यायिक वस्तुगततामा आधारित देखिन्छ| यस्तै ब्राम्हणले झुठो बोलेमा कठोर सजाय
(जरिवानाको सट्टा देश निकाला) हुने व्यवस्था पनि देखिन्छ| सामान्य मानिसभन्दा
शास्त्र जानेको मानिसले झुठ बोल्नु ठूलो अपराध हो भनी मानेको देखियो|
मनुस्मृतिमा मुद्दामा एक जना पनि साक्षी वा अरु प्रमाण नभएमा मुद्दाका
पक्षहरुलाई नै साक्षीमा रुपान्तरण गरी शपथ गराई बकपत्र गराउन सकिने कुरा उल्लेख छ|
पक्षलाई विशेष अवस्थामा साक्षीमा रुपान्तरण गरेर पनि न्याय गर्न उद्दत रहेको
देखिन्छ|
साक्षीहरुलाइ बकपत्र गर्नु पूर्व न्यायासनमा रहेको न्यायाधीशले साँचो
बोल्ने र झुठो नबोल्ने कुराको शपथ गराउने कुरा प्राय शास्त्रमा उल्लेख भएको
देखिन्छ|
देवता र ऋषिहरुले पनि शपथ लिएको भन्दै मनुस्मृतिले शपथ लिन इन्कार गर्न
नसकिनेतर्फ संकेत गरेको छ| शपथ वर्ण अनुसार फरक हुने कुरा कुनै शास्त्रमा उल्लेख छ
भने कुनैमा त्यस्तो कुराको स्पष्ट उल्लेख छैन|
झुठो बकपत्र गरेको कुरा जानकारी हुन आएमा त्यस्तो कारवाही वदर हुने कुरा
मनुस्मृतिमा उल्लेख छ| अर्थात् झुठो बकपत्र न्यायको अबरोध भएकोले त्यसलाई मान्यता
दिन नसकिने धारणा मनुको रहेको देखियो|
न्यायालयमा उपस्थित साक्षीलाइ बकपत्र पूर्ब साँचो बोल्न र झुठो नबोल्न
चेतावनी दिनु पर्ने र साबधान गराउनु पर्ने कुरा उल्लेख छ| अर्थात् प्रकृति र
परिणाम सम्झाई चेतावनी र साबधान गराउने कार्य वादी प्रतिवादीको समक्ष नै गर्नु
पर्ने मान्यता रहेको छ|
साक्षी बन्न स्वीकारेको, साक्षीको रुपमा शपथ लिएको र घटना बारे थाहा भएको व्यक्तिलाई साक्षी हुन कर
लाग्ने प्रकृतिको भाषा स्मृतिहरुमा उल्लेख छ| याज्ञवल्क्यले त सत्य जान्ने व्यक्तिले
बकपत्र गर्न इन्कार गर्नुलाई झुठो साक्षी मानी दण्ड गर्नु पर्ने भनेका छन्| अर्थात्
बस्तुस्थितिको जानकारी भएर पनि साक्षी हुन
इन्कार गर्नु न्यायमा अवरोधको रुपमा लिइएको अनुमान गर्न सकिन्छ| यस्तै
मुद्दामा अरु कुनै प्रमाण र साक्षी भएसम्म आफ्नो मुद्दामा आफै साक्षी हुन कर
नलाग्ने मान्यता रहेको कुरा पनि देखिन आउँछ|
आफ्नो ज्यान जाने कुरामा सत्य नबोल्न सक्ने कानूनी छुट दिएपनि त्यस वापत
प्रायाश्चित भने गर्नुपर्ने मान्यता रहेको देखिन्छ| यस्तै असावधानीबस (प्रमत्त)
केही कुरा भनेकोमा पनि दण्ड गर्न नहुने कुरा बताइएको छ|
साक्षीले असत्य बोलेको कुरा प्रमाणित भए खारेज गर्न (त्यो साक्षी र
त्यसको बकपत्र) भनिएको छ|
साँचो कुराको लागि न्यायालयले केही अधिक समय पर्खन सक्ने कुरा पनि
देखिन्छ| अन्यथा द्रुत न्याय नै शास्त्रको अभिस्ट रहेको देखिन्छ|
झुठो अभिव्यक्ति दिने साक्षीलाई महत्वपुर्ण र पवित्र मानिने सामाजिक
कार्यमा संलग्न गराउन नहुने सामाजिक मान्यता बनाउन पनि प्रेरित गरेको देखिन्छ|
अन्यथा पुष्टि नभए सम्म साक्षीलाइ असल र ठीक अर्थात् सत्य बोल्न
न्यायालयमा आएको मान्नुपर्ने मान्यता रहेको देखिन्छ|
साक्षी झुठो बोल्न नपावस् वा अमूक व्यक्ति झुठो बोल्ने प्रवृतिको हो होइन
भनी गोप्य रुपमा पत्ता लगाउन गुप्तचरहरूको प्रयोग गर्न सकिने कुरा पनि उल्लेख भएको
देखियो|
निष्कर्ष
सनातन दर्शन सम्बद्ध शास्त्रमा न्याय कानूनको क्षेत्र सम्बद्ध अनेक कुरा
उल्लेख छन्| साक्षीको परिभाषा, प्रकृति, योग्यता, अयोग्यता र बकाउने प्रक्रिया
बारे पनि उल्लेख छ| तर यस आलेखमा ती बिषयमा प्रवेश नगरी शपथ र झुठा अभिव्यक्तिको
सम्बन्धमा मात्र चर्चा गरिएको छ|
शास्त्रमा पाप, धर्म, स्वर्ग, नर्क जस्ता शव्दको प्रयोग पनि छ| न्याय दिन
लौकिक र परलौकिक कुराको प्रयोग गर्न सकिने कुरा पनि उल्लेख छ|
यी शास्त्रमा उल्लेख भएका कतिपय कुरा आज पनि प्रचलनमा छन् जस्तै साक्षी
प्रमाण हुने, साक्षीले साँचो बोल्नु पर्ने, साक्षीले बकपत्र गरी न्याय दिन सहयोग
गर्नु पर्ने, साक्षीले झुठो बोले सजाय हुने, साक्षीले शपथ लिनु पर्ने, साक्षीको
बकपत्र न्यायकर्मीले गराउनु पर्ने, साक्षीले आफूले देखे सुने जानेको कुरा मात्र
भन्नु पर्ने, एउटा साक्षीले बोलेको अर्कोले सुन्न नहुने, साक्षीको बकपत्र दुवै
पक्षको रोहवरमा हुनु पर्ने आदि|
आफ्नो मुद्दामा आफै साक्षी हुन नपर्ने कुरालाई पनि शास्त्रमा स्थान दिएको
देखियो| तर प्रमाण शून्य अवस्थामा भने मुद्दाका दुवै पक्षलाई शपथ लिन लगाई बकपत्र
गराउने कुरा पनि शास्त्रमा रहेछ| यो व्यवस्था हाल प्रचलनमा रहेको देखिदैन| यो
न्यायमा असर पार्न नभई न्याय गर्न अङ्गीकार गरिएको व्यवस्था थियो र यो सामान्य
नियम नभई अपवाद थियो भन्न सकिन्छ|
पूर्वीय शास्त्र प्रणालीमा बिभिन्न कालखण्डका र बिभिन्न ऋषिले बिभिन्न
स्थानमा रही भिन्नाभिन्नै समाज र मान्यताका आधारमा तयार गरेका शास्त्र छन्| यी
शास्त्र राज्यले बनाएका कानून थिएनन्| ऋषिले समाज र ज्ञानबाट सिर्जेका किर्ति
हुन्| यी शास्त्रबाट कुन कुरा राज्यले ग्रहण गर्ने भन्ने कुरा न्याय सभामा गरिने
छलफल र मतले निर्धारण गर्दथ्यो वा राज्यले कुनै शास्त्रलाई आधार बनाउन सक्थ्यो
भनिन्छ|
जेहोस् सनातन दर्शनमा न्याय र कानून
सम्बन्धी विविध सिद्दान्त र बिषय छन्| ती सबै कुरा आजको समय सापेक्ष नहुन पनि
सक्लान् |त्यो कालखण्डका सबै कुरा शाश्वत हुन्छन भन्ने पनि होइन| भिन्न समयमा
भिन्न ऋषिका भिन्न शास्त्र भएकाले पनि
पूर्वीय पद्धतिमा शास्त्रका सबै कुरा जडवत रुपमा मान्नु पर्ने मान्यता
थिएन| स्वयं कौटिल्यले पुराना ऋषिका कति मान्यतासंग असहमत हुदै भिन्न मत व्यक्त
गरेका छन्| यहाँ विविधता, बहुलता र नयाँ शास्त्रलाई पनि मान्यता दिएको पाइन्छ| ती
शास्त्र पढ्दा हाम्रा पूर्वजका ती कृतिले हाम्रो नाक राख्छन्| नाक भन्दा मुखलाई
प्राथमिकता दिएर लोभ लालचमा फस्ने र पूर्खाको सत्तोसराप गर्ने मनोरोग छैन भने
यताका शास्त्र र सिद्धान्त पढ्न र उपयोगी देखिए कानून र नीतिमा उतार्न लाज मान्नु
पर्ने कारण देखिदैन| काल मार्क्सले यताका शास्त्र पढेर धर्मलाई नभई उताको रिलिजनका
हर्कत देखेर उताको रिलिजनलाई अफिम भनेका हुन्| यूरोपमा क्रुरतापूर्वक मारिएका
पेगनका बारेमा थाहा पाउनेले त झन् के भन्दो हो कुन्नि?
सन्दर्भ
सामाग्री
मूल कृति
अथर्ववेद: अनुवादक तिलकप्रसाद लुइँटेल,
विद्दार्थी पुस्तक भण्डार, काठमाण्डौ,२०६३
ऋग्वेद : संपादक डा. प्रसन्न चन्द्र गौतम,
कुलचन्द्र गौतम स्मृति संस्था काठमाण्डौ,२०६६
ऋग्वेद: अनु. तिलकप्रसाद लुइँटेल
विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६३
यजुर्वेद: अनु. तिलकप्रसाद लुइँटेल,
विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६६
सामवेद: अनु. तिलकप्रसाद लुइँटेल

मनुस्मृति: टीकाकार पण्डित श्री गणेशदत्त
पाठक,ठाकुर प्रसाद एण्ड सन्स, वाराणसी,१९८१
याज्ञवल्क्यस्मृति: रुपान्तरकार डा.
रामचन्द्र वर्मा शास्त्री, डायनेमिक पब्लिकेशन्स (इन्डिया)लि.,मेरठ ...
कौटिल्यको अर्थशास्त्र: अनुवादक
तिलकप्रसाद लुइँटेल,विद्दार्थी पुस्तक भण्डार,काठमाण्डौ, २०६८
शुक्रनीति: अनुवादक डमरुवल्लभ पौड्याल,
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, काठमाण्डौ, २०२९
सम्बद्द अन्य कृति
आर्यदर्शन: डा. गोविन्द शरण उपाध्याय

पूर्वीय सोच र स्रोत: डिल्लीराज गौतम,
काठमाण्डौ स्कूल अफ ल २०६६
मार्क्सवाद और रामराज्य: श्रीस्वामीजी
करपात्रीजी महाराज,गीताप्रेस,गोरखपुर,आ.सं.२०७०(बि.सं.)
वेदमा के छ ?: डा.स्वामी प्रपन्नाचार्य
साझा प्रकाशन ,ललितपुर,पाँ.सं.,२०५७
वैदिक धर्मशास्त्र र सम्पतिमा महिलाको
अधिकार: आमोदवर्धन कौण्डीन्न्यायन,साझा प्रकाशन,ललितपुर,२०६३
वैदिक हिन्दु धर्मसंस्कृति: आमोदवर्धन
कौण्डीन्न्यायन समेत स्वाद्ध्यायशाला, काठमाण्डौ,२०६५
सत्यार्थ प्रकाश: महर्षि दयानन्द सरस्वती
विजयकुमार गोविन्दराम हासानंद दिल्ली, २०१४
संस्कृत-हिन्दी कोश: वामन शिवराम आप्टे
मोतिलाल वनारसीदास दिल्ली, २०१२
हिन्दू राज्यशास्त्र:अम्बिका प्रसाद बाजपेयी,हिन्दी
साहित्य सम्मेलन, प्रयाग,ते.सं. २००६

Subscribe to:
Posts (Atom)